Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा सिटौलालाई देउवाको साथ, गुरुराजलाई अन्तरघातको डर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2.4K
    SHARES

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारको टुङ्गो लगाएका छन् । बिहीबार बेलुका संस्थापनइतर पक्षले गुरुराज घिमिरे र संस्थापन पक्षले उद्धव थापाको नाम टुङ्गो लगाएका हुन् ।

आज मनोनयन र शनिबार मतदान गर्ने कार्यसूची छ । उम्मेदवारी टुङ्गो लागेपछि दुवै पक्षका नेता चुनावी अभियानमा जुटेका छन् ।

सभापतिका उम्मेदवार थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । १४औं महाधिवेशनमा सिटौला-शेबहादुर देउवाको टिम बनेको छ । सिटौलाको साथ पाएपछि प्रदेशमा दरिलो उपस्थिति जमाएका देउवाले प्रदेशको सभापति सिटौलालाई दिएका हुन् । सिटौला पक्षबाट तारामान गुरुङ पनि दाबेदार थिए । उनी अन्तिम समयमा ब्याक भएका छन् । संस्थापनइतर पक्षका दाबेदार राजीव कोइरालालाई पनि ब्याक गराइएको छ ।

दुवै पक्षलाई अन्तरघातको डर

झापाका बासिन्दा थापा नेपाली कांग्रेस झापाका पूर्वसभापति हुन् । उनले दुई कार्यकाल जिल्ला चलाएका छन् । मोरङका घिमिरेसँग जिल्ला चलाएको अनुभव छैन । दुई कार्यकाल केन्द्रीय सदस्य बनेका उनी नेपाल विद्यार्थी संघको पूर्व सभापति पनि हुन् ।

दुवै पक्षले चुनाव जित्ने दाबी गर्दै प्रचार प्रसारमा गरिरहेका छन् ।

प्रदेश १ का १४ मध्ये ८ जिल्लाको नतिजा आफ्नो पक्षमा पारेको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ । तर देउवा पक्षले टिकट नपाएका कारण अन्तरघात हुने डर पनि छ ।

१३औं जिल्ला अधिवेशनमा देउवा पक्षले प्रदेश १ का तीन जिल्ला मात्रै जितेको थियो । तर सिटौलाको साथ पाएपछि ८ वटा जिल्लामा आफ्नो नेतृत्व स्थापीत गरेको छ ।

संस्थापनइतर पक्ष १४औं अधिवेशनमा ६ जिल्लामा खुम्चिएको छ । जिल्लाको नतिजा राम्रो भएकाले चुनाव जित्ने संस्थापन पक्षका नेता हिमाल कार्की बताउँछन् ।

प्रदेशमा आउने प्रतिनिधि आफ्नो समूहका धेरै भएकाले जित्ने कोइराला पक्षका नेता केदार कार्कीको दाबी छ । उनी प्रतिनिधिको अनुपात ६० प्रतिशत संस्थापनइतर पक्ष र ४० प्रतिशत संस्थापन पक्षको रहेको बताउँछन् ।

चुनाव जित्ने दाबी गरिरहँदा रामचन्द्र पौडेल र डाक्टर शेखर कोइराला पक्षलाई सुनसरीबाट अन्तरघात हुने डर छ । सुनसरीबाट राजीव कोइरालाले सभापतिमा दाबी गरेका थिए । अन्तिम समयमा उनले टिकट पाएनन् । टिकट नपाएपछि कोइराला पक्षका सुनसरीका नेताहरूले असहयोग गर्ने चेतावनी दिएका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका गुरुराज घिमिरे आफैं स्थापित नेता भएका कारण चुनाव जित्न सहज हुने कोइराला-पौडेल पक्षको दाबी छ । १४औं महाधिवेशनमा युवा प्रतिनिधिको सहभागिता उल्लेख्य छ । विद्यार्थी राजनीतिबाट आएका कारण घिमिरेलाई दुवै पक्षका नेताको साथ रहने संस्थापनइतर पक्षको विश्लेषण छ ।

सभापति शेरबहादुर देउवा पक्षले धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा, उदयपुर जिल्ला जितेको छ । सिटौला पक्ष झापामा विजयी भएको छ । मोरङ सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा संस्थापनइतर पक्ष बिजयी भएको छ ।

प्रदेश अधिवेशनमा एक हजार सात सय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । जिल्लाको चुनावमा मतअन्तर धेरै फराकिलो नभएका कारण दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ । तर सुनसरी मोरङमा प्रतिनिधि धेरै भएका कारण आफूहरु जित्ने कोइराला पक्षका नेता केदार कार्की बताउँछन् ।

पहाडी जिल्लाहरूको अनुपातमा सुनसरी मोरङ, झापा र उदयपुरमा प्रतिनिधिको संख्या बढी छ । ती मध्ये मोरङ सुनसरीमा संस्थापन इतर र झापा र उदयपुरमा संस्थापन पक्ष बिजयी भएको छ । कांग्रेस संस्थापन इतर पक्ष सुनसरी र मोरङसँग आशावादी हुँदा संस्थापन पक्ष उदयपुर र झापासँग ढुक्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४