Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुख सापकोटा स्वदेश फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १६ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्पेनबाट स्वदेश फर्किनु भएको छ ।

अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा आज बिहान स्वदेश फर्किनु भएको हो ।

स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर ८ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो । सम्मेलनका क्रममा सभामुख सापकोटाले आइपियु सभा तथा असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई मंसिर १२ गते सम्बोधन गर्नु भएको थियो ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राईलगायत हुनु हुन्थ्यो ।

सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनु भएको छ ।

उहाँले संसद्को कामकारबाहीलाई नियमित गर्नका लागि सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि केन्द्रित भएर लाग्ने जानकारी दिनुभयो ।

सभामुख सापकोटाले आइपियु सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४