Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्रीसमा ६० बर्ष माथिका सबैले अनिवार्य रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 1.6K
    SHARES

काठमाडौं । ग्रीसमा ६० बर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अनिवार्य रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने नियम लागु गरिएको छ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले ओमिक्रोन भेरियन्टको संक्रमण जोखिम बढ्दै गएका बेला ग्रीसले जोखिममा रहेकाले सो उमेर समुहका व्यक्तिलाई खोप अनिवार्य गराएको जानकारी दिनुभयो । खोप लगाउन नमान्ने ६० वा त्यो भन्दामाथिको उमेरका व्यक्तिले १ सय युरो जरिवाना तिर्नु पर्ने भएको छ ।

जरिवानाको नियम आउँदो जनवरीको मध्यदेखि लागू हुने र हरेक एक महिनाको फरकमा खोप लगाउन नमान्नेले १ सय युरो जरिवाना तिर्दै जानुपर्ने भएको छ । जरिवानाबाट संकलित रकम स्वास्थ्य सेवा प्रणालीमा जाने पनि प्रधानमन्त्रीको भनाई छ ।

ग्रीसमा कुल जनसंख्याको झण्डै ६३ प्रतिशतले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने अझै पनि ६० वर्षमाथिका पाँच लाख २० हजार मानिसले खोप लगाउन बाँकी छ । यसअघि अस्ट्रियाले आउँदो फेब्रुअरीदेखि खोप अनिवार्य गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४