Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वप्रकाशलाई देउवाको जवाफ : बुढापाकालाई अर्ति दिने होइन, लिने गर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच सार्वजनिक मञ्चमै जुहारी चलेको छ ।

मंगलबार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र प्रवक्ता शर्मासँगै उपस्थित भएका थिए । कार्यक्रममा प्रवक्ता शर्माले आफूले अघि सार्दै आएको राजनीतिक प्रस्तावको चर्चा गरे । सभापति देउवालाई सल्लाह भन्दै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्र सांसद बन्ने प्रस्ताव आफूले गरेको सुनाए ।

यो प्रस्ताव बोकेर जाँदा शेरबहादुर देउवा त पाँच पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्ने गरेको भन्दै उनले भने, ‘हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटक भन्दाबढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु ।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्राधनमन्त्री समेत रहेका देउवाले प्रवक्ता शर्मालाई जवाफ फर्काएका छन् । ‘हाम्रो विश्वप्रकाशले अति महत्वपूर्ण कुरा उठाउनु भएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईंहरुले,’ उनले भने, ‘अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु ।’

देउवाले अघि भने, ‘अहिले नहत्तारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ ? समय आइहाल्छ नि ।’

कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महत पनि थिए । उनले पनि निर्णय गर्न ढिला भएको भन्दै असन्तुष्टि जनाएका थिए । सभापति देउवाले उनलाई पनि जवाफ दिए ।

‘प्रकाशशरण महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन, निर्णय ढिलोढिलो गर्छ भनेर,’ देउवाले भने, ‘निर्णय भन्दैमा जथाभावी गर्नु, जे पायो त्यही त गर्नु भएन नि ! निर्णय भनेको सोच विचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु बेश हुन्छ ।’

दुबै नेतालाई इंगित गर्दै उनले अघि भने, अर्ति भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ क्या ! बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यसकारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । वीपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन, तपाईंको पालो आइहाल्छ, हतार नगर्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४