Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशनमा जाने सवारीको चापले नागढुंगामा जाम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ । काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता सञ्जीव शर्मा दास नगढुंगामा सवारीको आवामगन प्रभावित भइरहेको बताउँछन् । ‘सुरुङमार्ग बनिरहेको स्थानभन्दा माथि जाम छ,’ उनले भने,’तर, जाम हुन नदिन उचित व्यवस्थापनको प्रयास भइरहेको छ ।’

नागढुंगा प्रहरीका अनुसार जाम हुन नदिन राजमार्गमा सकेसम्म मालबहाक सवारी रोकिएको छ । यात्रुबहाक सवारीको चाप बढेकाले अत्यावश्यक बाहेकका मालवस्तु बोकेर आएका सवारीलाई राजमार्गका विभिन्न ठाउँमा रोकेर राखिएको हो ।

आज काठमाडौंबाट फर्पिङ सिस्नेरी हुँदै मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ । सडक मर्मत तथा बिस्तारको काम भइरहेकोले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४