Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 2.2K
    SHARES

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबारे छलफल भइरहेको भए पनि निर्णय भने हुन बाँकी रहेको उनको भनाइ छ ।

मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले सौराहामा बिहीबारका लागि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तय गरेको थियो । सो बैठकबाट बन्दसत्र सञ्चालनका लागि ११ जनाको अध्यक्षमण्डलका साथै महाधिवेशन प्रतिनिधि सङ्ख्या समेत बढाउने निर्णय गरेको थियो । 

आजै केन्द्रीय कमिटी स्थगित भए पनि एमाले अध्यक्ष ओली चितवन आएर विभिन्न आन्तरिक छलफलमा व्यस्त हुने भएका छन्  । एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनारमा शुक्रबार उद्घाटन हुँदैछ । त्यसका लागि एमालेले भव्य तयारी गरेको छ भने सो तयारी अन्तिम चरणमा पुगेको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले  बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४