Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोरङ कारागारका चौकीदारसहित आठ कैदीको सरुवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 5K
    SHARES

विराटनगर । मोरङ कारागारका चौकीदार कार्तिक कामतसहित ८ जना कैदीको सरुवा भएको छ । कामत गत कात्तिक २४ गते चौकीदार नियुक्त भएका थिए ।

तर अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डानाइके अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याउन सहमति नदिएपछि उनीसहित ८ जनाको सरुवा भएको कारागार स्रोतको भनाइ छ ।

सप्तरी कारागारमा रहेका गिरीको मोरङ कारागारमा सरुवा भएको थियो । तर उनलाई मोरङ ल्याउन कार्तिकले सहमति नदिएपछि उनीसहित ८ जनाको सिन्धुली सरुवा भएको कारागार व्यवस्थापन विभाग स्रोतको भनँइ छ ।

मोरङ कारागारका चौकीदार कार्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामतसहित जेल प्रशासनमा रहेका मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलको सिन्धुली सरुवाको निर्णय भएको कारागार व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ ।

मोरङ कारागार भित्रबाट विराटनगर बजार क्षेत्रमा गुण्डागर्दी गरेको र कैदीबन्दीलाई यातना दिएको भन्दै गिरीलाई मोरङबाट २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो ।

गत भदौ १७ गते डिल्ली बजारबाट गिरीको मोरङ सरुवा भएको थियो । उनलाई कात्तिक १६ गते विराटनगर कारागारमा ल्याए पनि कैदीबन्दीले प्रवेश नदिएपछि उनलाई त्यसै दिन सप्तरी कारागार लगिएको थियो ।

मोरङमा प्रवेश नपाएपछि गिरीकै योजनामा कात्तिक २४ गते मोरङ कारागारमा झडप भएको र तत्कालिन चौकीदार किरण गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

झडपपछि गुरुङसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४