Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको जिल्ला अधिवेशन : कुन जिल्लामा कुन पक्ष विजयी ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा जिल्ला अधिवेशनहरु भइरहेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ भने दुई वटा भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुने महाधिवेशन कार्यतालिकामा उल्लेख छ ।

बुधबारसम्म कांग्रेसको २६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दशैंअघि नै अधिवेशन भएका थिए ।  अरु जिल्लामा भने मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।

अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । २६ जिल्लामध्ये संस्थापन समूहले १४ जिल्लामा नेतृत्व हात पारेको छ भने १२ जिल्लामा संस्थापनइतर समूह विजयी भएको छ ।

संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन् ।

त्यस्तै सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादु शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जाजरकोटका सिंह र मनाङबाट गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् ।

त्यस्तै संस्थापनइतर समूहबाट संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन् ।

अर्घाखाचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडी चतुरबहादुर चन्द, भोजपुर विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु

१‍‍. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ

२. मोहनविक्रम सिंह, हुम्ला

३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

४. ऐनबहादुर शाही, मुगु

५. खडक बोहरा, बझाङ

६. खमबहादुर गर्बुजा, म्याग्दी

७.  शंकर गुरुङ, मनाङ

८. केशरबहादुर विष्ट, सल्यान

९. दीपेन्द्र शाही, डोल्पा

१०.  भीमबहादुर साउद, डडेल्धुरा

११. कर्णबहादुर शाही, जुम्ला

१२. बेदराज सिंह, जाजरकोट

१३. रुपनारायण जवेगु, पाँचथर

१४. डा. टकबहादुर गुरुङ, लमजुङ

संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु

१. दीपक खड्का, संखुवासभा

२. अम्मबहादुर शाही, कालीकोट

३. बर्मा लामा, दोलखा

४. रोमी गौचन, मुस्ताङ

५. केशरमान रोका, रुकुम पूर्व

६. नन्दप्रसाद न्यौपाने, गोरखा

७. रामसिंह रावल, बाजुरा

८. केशव श्रेष्ठ, अर्घाखाची

९. विष्णुकुमार गिरी, प्यूठान

१०. चतुरबहादुर चन्द, बैतडी

११. विनोद बान्तवा, भोजपुर

१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४