Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युट्युब ट्रेण्डिङको पहिलो र दोस्रो स्थानमा नेपाली फिल्मको कब्जा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 11.3K
    SHARES

काठमाडौं । झण्डै दुई वर्षपछि नेपाली चलचित्रहरु सिनेमा हलमा प्रदर्शन हुन थालेका छन् । कोरोना महामारीका कारण हल नखुल्दा नेपाली चलचित्र हेर्न युट्युबमै भर पर्नुपर्ने अवस्था थियो ।

अझ नोभेम्बर र डिसेम्बरमा युट्युबले राम्रो रकम दिने भएकाले पनि चलचित्रको डिजिटल राइट्स किनेका कम्पनीहरु चलचित्र रिलिज गर्न आतुर देखिन्छन् ।

पाली चलचित्रलाई युट्युबमा दर्शकले राम्रो साथ दिने गरेका छन् । जसको उदाहरण, केही दिनदेखि युट्युब ट्रेण्डिङमा कब्जा गरेका छन् ।

१० दिन अगाडि सार्वजनिक भएको चलचित्र ‘यात्रा’ले युट्युबको पहिलो स्थान कब्जा गरेको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको यो चलचित्रमा सलिनमान बनियाँ, मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रबाट नै मलिका महतले रजतपटमा डेब्यु गरेकी थिइन् । तीन वर्षअघि हलमा प्रदर्शन भएको यो चलचित्र विभिन्न प्लेटफर्ममा पनि रिलिज भइसकेको छ । तर, युट्युबमा यो चलचित्रको क्रेज लोभलाग्दो नै देखिएको छ । चलचित्रले हलमा भने औसत व्यापार गरेको थियो ।

यस्तै, अहिले युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा चलचित्र ‘लम्फू’ छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको यो चलचित्रबाट नायक कविर खड्काले रजतपटमा डेब्यु गरेका हुन् ।

सार्वजनिक भएको ६  दिनमा ‘लम्फू’लाई युट्युबमा ११ लाख ६४ हजार पटक हेरिएको छ । चलचित्रमा कविर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा लगायतका कलाकारको अभिनय छ । बक्स अफिसमा सुपर फ्लप भएको यो चलचित्रलाई युट्युबमा भने रुचाइएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४