Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. केसीको माग पुरा नभए देशमा आगो बल्छः सुशीला कार्की शान्त शहर कसरी रणभूमिमा बन्यो बानेश्वर, यसरी सुरु भएको थियो तनाब -बानेश्वरमा ध्वस्त भए ३ मन्त्रीका गाडी !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ५ २०७५
  • 18.1K
    SHARES

 
 
 
डा. केसीको माग पुरा नभए देशमा आगो बल्छः सुशीला कार्की
 जन न्युज नेपाल  खबर डट कम प्रतिनिधि  काठमाडौं  श्रावण  ५ गते  शनिबार :-

साउन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छन् ।आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताए । वर्तमान सरकारलाई जनताले मत दिएको आफूलाई जानकारी रहेको भन्दै उनले भने, ‘तर, सरकारले पनि जनताले भनेको मान्नुपर्छ ।’डा. केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका माग पुरा गर्न आग्रह गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले उनले भनिन्, ‘पुरा भएन भने देशमा आगो बल्छ ।’सत्याग्रही डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाइन् । डा. केसी आफ्ना लागि नभई नेपाली जनताका लागि लडेको र उनले अमरत्व प्राप्त गरिसकेको कार्कीले बताइन् । 

२१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसमा झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। घाइते मध्ये ६ जनाको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ।
सिभिल अस्पतालमा तरुण दल अध्यक्ष जितजङ्ग बस्नेत, केन्द्रीय सदस्य मुना भुसाल, तरुण दलका अर्का नेता विनोद महर्जन, कविर शर्मा, प्रहरी निरीक्षक खेम नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीको उपचार भइरहेको छ। अहिले पनि बानेश्वरमा स्थिति तनाबग्रस्त छ। प्रहरीले अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई हटाइरहेको छ। अहिले पनि प्रदर्शनकारी र प्रहरीबिच झडप भैरहेको छ ।
बानेश्वरमा ध्वस्त भए ३ मन्त्रीका गाडी !
काठमाडौं– राजधानीको नयाँ वानेश्वरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडीमाथि तोडफोड भएको छ ।
प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशाेर शाह काे बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेकाे छ । उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।
सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

२०७५ साउन ५ गते  शुभम 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४