Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभापतिका तीन आकांक्षीको प्रस्ताव : मेरो नाममा सहमति गरौं


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ४ २०७८
  • 15.9K
    SHARES

काठमाडौं । १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार टुंगो लगाउने विषयमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका सभापतिका आकांक्षीहरुबीच शनिबार छलफल भएको छ । छलफलका लागि शनिबार साँझ वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिंह महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा पुगेका थिए । सभापतिमा दावी गरेका पौडेल पक्षका अर्का नेता डा. शेखर कोइराला भने विराटनगरमा भएकाले छलफलमा सहभागी भएनन् ।

करिब एक घण्टा भएको छलफलमा तीनैजना नेताले आफ्नो नाममा सहमति गर्न आग्रह गरेका कारण सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने भन्दै शनिबारको छलफल अन्त्य भएको पौडेल पक्षका एक नेताले बताए ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैलाई मिलाएर जानुपर्ने भएकाले सभापतिमा आफ्नो उम्मेदवारी नै उपयुक्त विकल्प भएको बताए । उनले आफू तीन तहको निर्वाचन गराएपछि विदा लिने र प्रधानमन्त्री पनि नहुने भन्दै अरु कसलाई कहाँ एडजस्ट गर्ने भन्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका उनी निकटका एक नेताले जन न्युज नेपाल खबरलाई बताए ।

तर पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूले सभापतिमा प्रतिस्पर्धा गर्न तयारी धेरै अगाडि बढाइसकेको भन्दै पार्टीभित्र शक्ति बाँडफाँट (पावर सेयरिङ)का विषयमा छलफल गर्न प्रस्ताव गरे । महामन्त्री डा. शशांक कोइरालाले आफू पनि सभापतिमा बलियो उम्मेदवार रहेको भन्दै पौडेल समूहबाट एक जना मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिए । जो उठे पनि एक जना उठौं’ उनको प्रस्ताव थियो ।

नेताहरुका अनुुसार १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट विस्थापित गर्ने  र एक अर्काका विषयमा सार्वजनिक टिप्पणी नगर्ने विषयमा तीनै जना नेता सहमत भएका छन् । बैठकपछि वरिष्ठ नेता पौडेलले आफूहरुबीचको छलफल सकारात्मक रहेको र यसलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४