संस्थापन पक्ष बलियो भनिएको निर्वाचन क्षेत्र–२ का दुबै प्रदेशसभामा प्रकाशमान–गगन समूह विजयी भएको छ । प्रदेश सभा (क) को सभापतिमा ध्रुव केसी र (ख) मा उद्धव खड्का निर्वाचित भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र–३ को (क) मा श्रीराम चालिसे सभापति चयन भएका छन् भने (ख) मा विमल ठकुरी निर्वाचित भएका छन् । ठकुरी संस्थापन समूह निकट हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र–४ को (क) मा विमल हाडा निर्वाचित भएका छन् भने (ख) मा रामप्रसाद लुईटेल सर्वसम्मत कार्यसमिति सभापति चयन छन् । काठमाडौं – कांग्रेस नेता थापाको निर्वाचन क्षेत्र हो । निर्वाचन क्षेत्र ५ को (क) मा दिनेश डंगोल प्रदेशसभा कार्यसमिति सभापति निर्वाचित भएका छन् भने (ख) मा राजु खड्का विजयी भएका छन् । निर्वाचन–६ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) को सभापतिमा खेमराज तिवारी सर्वसम्मत चयन भएका छन् । उनी प्रकाशमान–गगन समूह निकट हुन् ।
प्रदेश सभा (ख) मा विष्णुभक्त तिमिल्सिना सभापतिमा निर्वाचित भएका छन् । उनी सांसद भीमसेनदास प्रधान निकट हुन् । काठमाडौं–६ नेता प्रधानको निर्वाचन क्षेत्र हो । त्यस्तै काठमाडौं–७ को प्रदेश सभा (क) को क्षेत्रीय सभापतिमा नविन मानन्धर सर्वसम्मत चयन भएका छन् भने (ख) मा बासुदेव लामा निर्वाचित भएका छन् । मानन्धर र लामा दुबै प्रकाशमान निकट हुन् ।
काठमाडौं– ८ (क) को सभापतिमा इन्द्रमान सिंह सुवाल र शिव खनाल निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र–९ मा प्रदेश सभा (क) को सभापतिमा मोहनकुमार बस्नेत र (ख) मा राजेश भट्टराई चयन भएका छन् । बस्नेत र भट्टराई संस्थापन निकट हुन् । निर्वाचन क्षेत्र नं. १० को (ख) मा धर्मानन्द श्रेष्ठ प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिमा चयन छन् भने (क)मा सहमतिको प्रयास भइरहेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए ।
