Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिसो बढ्दै, काठमाडौंको तापक्रम माइनसमा पुग्ने अनुमान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २२ २०७८
  • 4.3K
    SHARES

काठमाडौं,/  मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताउनुभएको हो ।

उहाँले उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार पछिल्लो १० दिनमा काठमाडौंको तापक्रम १७ बाट ८ डिग्री सेल्सियससम्म झरेको बताउनुभयो ।

उहाँले कात्तिकमै जुम्लाको तापक्रम शुन्य डिग्रीभन्दा तल झरेको जानकारी दिनुभयो । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर शुन्य भन्दा तल पुग्ने महाशाखाको अनुमान रहेको उहाँको भनाइ छ ।

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदुषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदुषण बढ्न सक्ने बताउनुभयो । उहाँले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौंलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदुषण बढ्ने बताउनुभयो ।

वरिष्ठ मौसमविद् पौडेलले प्रदुषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताउनुभयो ।

पौडेलले जाडो याममा बढी नै प्रदुषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४