Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बारको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा : आन्दोलनबारे थप रणनीति बनाउन भर्चुअल बैठक सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २१ २०७८
  • 2.7K
    SHARES

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २ सातायता आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको छ । आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् । न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको सुधार सम्भव भएको यसअघि नै निष्कर्ष निकालिसकेको छ । गत बुधबारसम्म सर्वोच्च अदालत परिसरमै धर्ना दिएका बारका सदस्यहरु आन्दोलनलाई कसरी अगाडि लैजाने भन्दै देशैभरका इकाई बारसँग छलफल गर्न लागेका हुन् ।

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार यतिबेला देशैभर रहेका ९० वटा इकाई बारमध्ये ६० वटा इकाई बारका पदाधिकारीहरु भर्चुअल मिटिङमा जोडिएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारी र सदस्यहरु यतिबेला इकाई बारसँग छलफलमा जुटेका हुन् । अहिले इकाई बारका अध्यक्ष वा पदाधिकारीले आ–आफ्ना धारणा राखिरहेका छन् बिहान साढे १० बजेदेखि सुरु भएको भर्चुअल मिटिङमा सहभागीहरुले आन्दोलनलाई थप शसक्त बनाएर लैजानुपर्ने र नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा साथ रहेको प्रतिवद्धता समेत जनाएको उपाध्यक्ष बस्यालले बताइन् । आवश्यक पर्दा उच्च र जिल्ला अदालतमा समेत बहस बहिष्कार गर्नेसम्मका सुझाव आएको बस्यालले बताइन् ।

सम्भव भएसम्म आज नै सबै इकाइका अध्यक्ष वा पदाधिकारीसँग छलफल गर्ने तयारी भएको बारले जनाएको छ । आजै सबै इकाइसँग छलफल नसकिएमा भोलि बिहानदेखि पनि फेरि छलफल गर्ने र भोलि नै आगामी बाटोबारे निर्णय हुने बस्यालले बताइन् । भोलि पनि बिहान साढे ११ बजेबाट सर्वोच्च अदालत परिसरमा हातमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम यथावत रहेको बस्यालले बताइन् । सबै इकाइसँग छलफल गरी सोमबार साँझसम्म बारले आन्दोलनको आगामी बाटोबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४