Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

व्यापार घाटा कम गर्न किमाथांका नाका र अरुण तेस्रो सहयोगी बन्नसक्छ : अर्थमन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 2.8K
    SHARES

संखुवासभा । अर्थमन्त्री जर्नादन शर्माले नेपालको व्यापार घाटा कम गर्न किमाथांका नाका र अरुण तेस्रो जलविद्युत आयोजना सहयोगी बन्नसक्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)ले संखुवासभामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले संखुवासभामा रहेको स्रोत र साधनलाई परिचालन गर्न सके व्यापार घाटा कम हुने बताउनुभयो ।

किमाथांका नाकासम्म सडक पुर्‍याएर व्यवस्थित भन्सार बनाउन सरकारले प्राथमिकता दिएको उहाँको भनाइ छ ।

केही व्यक्तिहरूले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टीकाटिप्पणी गरिरहेको भन्दै मन्त्री शर्माले जनादेश प्राप्त सांसदहरूबाट सरकार निर्माण भएको बताउनुभयो ।

प्रतिगमनकारीहरूबाट पटक–पटक संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरूको संरक्षण भएको उहाँको जिकिर थियो ।

मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र उद्योगी व्यापारीहरूसँग पनि छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४