Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कात्तिकमै घर जानेलाई डीआइजीको फुली किन ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड आफू निकटका एसएसपीहरुलाइ डिआइजीमा बढुवा गरेर बिदा गर्ने तयारीमा लागेका छन । अवकाशपछिको फाइदाका लागि प्रहरी संगठनको मर्यादा नै उल्लंघन हुने गरी बढुवा गर्ने तयारीप्रति प्रहरी प्रधान कार्यालय भने सहमत छैन । गृह मन्त्रालयले यही कात्तिकदेखि फागुनभित्र अवकास पाउन लागेका ६ जना एसएसपीहरूलाई बढुवाको तयारी गरेको बुझिएको छ ।

नेपाली कांग्रेस र विशेषगरी गृहमन्त्री बालकृष्ण खाँड निकट रहेका एसएसपीहरुलाई अवकाशपछि फाइदा पुर्याउने उद्धेश्यले डीआइजीमा बढुवा गर्न खोजिएपछि प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको हो । ४ महिना भित्र अनिवार्य अवकाश हुन लागेका एसएसपीहरुलाई अवकाशपछि फाइदा पुर्याउनका लागि डीआइजीको दरबन्दी थप्ने खेलमा गृहमन्त्री खाँड लागेका छन् ।

जुन राज्यका लागि सधैंका लागि बोझ थप्ने काम मात्रै हो । यही फागुन महिना भित्र अवकाश पाउने एसएसपिहरुमा नरबहादुर खत्री, बिक्रमबहादुर चन्द, शेखर कोइराला, हरिराज वाग्ले, सुशील कुमार यादव र पूजा सिंह रहेका छन । उमेर हदका कारण घर जाने बेला भएकाहरुलाई बढुवाको फूली थपिदिनुभन्दा नयाँ र सक्षम एसएसपीहरूलाई अवसर दिनु उपयुक्त हुने प्रहरी नेतृत्वको धारणा रहेको छ ।

बृत्ति बिकाश, नेतृत्व र जिम्मेवारी जस्ता आधारलाइ लिएर दरबन्दी थप्ने, घटाउने गर्नु पर्नेमा आफ्ना मान्छेलाइ फाइदा पुर्याउनका लागि दरबन्दि थप्ने र आफ्नो मान्छे नपरे घटाउने जस्तो प्रवृत्तिले संगठनलाई कमजोर मात्रै बनाउने पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउनु हुन्छ ।

६ जना डीआईजीको नयाँ पद सिर्जना गर्दा राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र प्रहरी संगठनमा नयाँ अधिकृतको वृत्ति विकास अवरुद्ध हुने हुदा अवकाश पाउन लागेकाहरुलाई फाइदा पुर्याउन दरबन्दी सिर्जना गर्नु राम्रो नहुने मल्ल बताउँहुन्छ । नेपाल प्रहरीमा हाल १९ जना डीआइजीको दरबन्दी छ । गृह मन्त्रालय भने ६ वटा डीआइजीको दरबन्दी सिर्जना गरेर २५ वटा पुर्याउने प्रक्रियामा अघि बढेको छ । यसै पनि राजनीतिक हस्तक्षेपले थिलोथिलो भएको प्रहरी संगठनमा मनपरी कार्यकर्ता पोस्ने प्रवृत्ति हावी हुने हो भने ब्यावसायिकहरु पुलिसमा निराशा बढ्ने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४