Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एकीकृत समाजवादी लुम्बिनीमा कार्यविभाजन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ९ २०७८
  • 4.6K
    SHARES

बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा.बालकृष्ण चापागाईंलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कूल विभाग, नेता अशोक कोइरालालाई संगठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख र सिद्धिचरण भट्टराईलाई प्रदेश कार्यालय सचिवको जिम्मेवारी तोकेको छ ।

यस्तै बैठकले प्रदेश कमिटीलाई १ सय ६१ सदस्यीय बनाउने, कात्तिक मसान्तभित्र जनवर्गीय संगठन निर्माण गर्ने र मंसिर ३ देखि १६ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको सचिव राजु गुरुङले जानकारी दिए ।

मंसिर ३ गते बर्दियाबाट शुरु हुने प्रशिक्षण १६ गते रुपन्देहीमा समापन गरिने सो पार्टीले जनाएको छ ।

बैठकमा लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेता तथा १२ वटै प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो । बैठकलाई केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगायतले सम्बोधन गर्दै कम्युनिष्ट सिद्धान्त अनुसारको पार्टी निर्माणमा जुट्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४