Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धानबालीमा अर्बौंको क्षति पुग्दा खाद्यसुरक्षा र बेरोजगारी बढ्ने चिन्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 14.2K
    SHARES

काठमाडौं । कृषि मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत हप्ता देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षाले ७ अर्ब २२ करोड बराबरको धानमा क्षति पुगेको छ । प्रदेश २ को प्रभाव थपिँदा यो रकम अझै बढ्छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको ४ अर्ब ५१ करोड बराबरको धानमा क्षति हुँदा सुदुरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड बराबरको धान नष्ट भएको प्रारम्भिक अनुमान छ । प्रदेश १ मा ८० करोडको धान नष्ट भएको मन्त्रालयले जनाएको छ । यद्यपि प्रदेश २ को क्षतिको विवरण आएको छैन ।

वर्षेनी भारत, बंगलादेश लगायतका देशबाट अर्बाैंको धान भित्रिने गरेको नेपालमा यसवर्ष पनि धानको आयात बढ्ने देखिएको छ भने व्यापार घाटाको आकार समेत बढ्नसक्ने देखिएको छ । नेपालका अधिकांश क्षेत्रमा उन्नत बीऊको प्रयोग नहुनु, समयमै मल नपाउने र निर्वाहमुखी खेती प्रणाली छ ।

त्यसमा पनि यस वर्ष बेमौसमी पानीको प्रभावका कारण अझै उत्पादनमा कमी आउँदा साना किसानले रोजगारी गुमाउनुका साथै खाद्य संकट निम्तन सक्ने कृषि विज्ञ देवेन्द्र गौचन बताउनुहुन्छ । यसले व्यापार घाटासमेत बढ्ने उहाँको भनाइ छ ।

कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २५ प्रतिशत योगदान रहेको छ भने धानले मात्रै ११ प्रतिशत हिस्सा ओगटेको छ । नेपालको धानबालीको मुख्य क्षेत्र भनेको प्रदेश १, २ र लुम्बिनी प्रदेश हो । तर, बेमौसमी वर्षाको असर यी क्षेत्रमा परेको छ । मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादन ६ प्रतिशतसम्म घट्ने देखिएको छ ।

कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । नेपालमा वार्षिक साढे २ खर्ब बढीको धान उत्पादन हुँदै आएको छ । यस वर्ष भएको बेमौसमी वर्षाले सरकारको ३ वर्षमा धानमा आत्मनिर्भर हुने योजनामा समेत धक्का लागेको कृषि विज्ञ गौचनको भनाइ छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो महिना ५ अर्ब बढीको धान र चामल आयात भएको छ । विभागका अनुसार धान भारत, बंगलादेश अमेरिका, फिलिपिन्सबाट ल्याइएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ सालमा ५० अर्ब बढी बराबरको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ । थाहा छैन, अर्को वर्ष आयातमुखी अर्थतन्त्रमा यो बोझको चुनौती कसरी झेल्नुपर्ने हो ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४