उदयपुर/कटारी बजार लगायत आसपासका क्षेत्रमा विद्युत अवरुद्ध भइरहने प्रमुख कारण यस क्षेत्रको निम्ती एकमात्र फिडर रहेको, जसबाट कुनै एक क्षेत्रमा समस्या पर्दा पनि अन्य क्षेत्रमा अबरुद्ध गर्नुपरेको कटारी विद्युत प्राधीकरणका कार्यलय प्रमुख लक्ष्मण शाहले जानकारी दिएका छन् । साथै यप विद्युत्तिय फिडर जडान गर्नका निम्ती केन्द्रसँग समन्वयन गरिरहेको जानकारी दिएका छन् ।
यस क्षेत्रमा कुनै विद्युत् सँग सम्बन्धीत गुनासो, जानकारीका लागी परिवर्तित नम्बर- ०३५-४५०४२८ मा फोन गर्न समेत आग्रह गरेका छन् । आगामी दिनमा कटारी बजारको निम्न क्षेत्रहरूमा ट्रान्सफरमर जडान गरी सेवा प्रवाहमा अझ प्रभावकारिता ल्याउने समेत जानकारी गराएका छन्
