Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २० २०७८
  • 3.3K
    SHARES

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।

उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने, ‘यता सनाखत नगरुञ्जेल हामी एमालेमै थियौं, त्यसैले पार्टीको बैठकमा सामेल भएका हौं तर अब सनाखत गरिसकेपछि हामी नेकपा एकीकृत समाजवादीका सांसद भयौं, अब एमालेसँग हाम्रो कुनै सम्बन्ध रहेन ।’

यसअघि गत बिहीबार प्रदेश २ का १० एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका थिए । प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ ।
क्यान्सर उपचारका क्रममा दिल्लीमा रहेका डिल्ली उप्रेतीको पनि आइतबार साँझसम्म सनाखत भइसक्ने जनाइएको छ । दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४