Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुगल प्ले स्टोरबाट वर्षेनी १३ खर्ब आम्दानी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १८ २०७८
  • 8.1K
    SHARES

एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को अक्टोबर २२ मा गुगल प्ले स्टोरको सुरुआत गरेको थियो ।

अमेरिकाका विभिन्न ३७ वटा राज्य तथा जिल्लाहरुका तर्फबाट महान्यायाधिवक्ताले एप स्टोरमाथि अविश्वास उल्लंघन (एन्टिट्रस्ट भायलेसन)को अभियोगमा गुगलमाथि मुद्दा दायर गरेका थिए । जसको जवाफमा गुगलले प्ले स्टोरबाट हुने आफ्नो कमाई अदालतमा पेस गरेको हो । उक्त आम्दानीमा एपको खरिदबापत गुगलले पाउने हिस्सा र एप स्टोरभित्रको विज्ञापनबाट हुने आम्दानी सामेल छ ।

गुगलले सन् २०२२ को अन्त्य सम्ममा एक अर्को अनुसन्धानको सामना गर्नुपर्ने हुनसक्दछ । किनकि विभिन्न कम्पनीहरुले प्ले स्टोरमा एप बिक्रीका क्रममा गुगलले आफ्नो अधिकारको दुरुपयोग गरिरहेकेा आरोप लगाइरहेका छन् । अर्थात् गुगलमाथि एप स्टोरमा एकाधिकारको आरोप लाग्ने गरेको छ । यस्तो आरोप एप्पलमाथि पनि लाग्ने गरेको छ ।

प्ले स्टोरबाट कसरी हुन्छ आम्दानी ?

आम रुपमा हामी कुनै पनि नि:शुल्क एप डाउनलोड गर्दा त्यसको आम्दानीका बारेमा कुनै विचार गरिरहेका हुदैनौं । तर यथार्थ त के हो भने गुगललाई सबैभन्दा धेरै आम्दानी चाहिं तिनै नि:शुल्क एपहरुबाट हुन्छ । गुगल प्ले स्टोबाट डाउनलोड हुने एपमध्ये करिब ९८ प्रतिशत नि:शुल्क एप छन् । त्यस्तै प्लेस्टोरमा सबैभन्दा धेरै आम्दानी गर्ने शीर्ष १० एपमा ८ ८ वटा गेमिङ एप रहेका छन् ।

स्मरण रहोस् गुगल प्ले स्टोरमा एपलाई सूचीकृत गर्दा पनि पैसा तिर्नुपर्दछ, गुगललाई । एप डेभलपर्सले प्ले स्टोरमा सञ्चालन खर्चको रुपमा २५ डलर तिर्नुपर्दछ । त्यसका साथै कतिपय एपहरु सशुल्क हुन्छन् जुन डाउनलोड गर्नका लागि प्रयोगकर्ताहरुले पैसा तिर्नुपर्दछ । त्यस्तो रकमको केही हिस्सा गुगलले आफूले राख्दछ र केही हिस्सा एप डेभलपर्सलाई दिन्छ । त्यस्तै गुगल प्ले स्टोरबाट डाउनलोड गरिने कतिपय इ बुकहरु पनि सशुल्क हुन्छन् । कतिपय कम्पनीहरु त आफ्ना एपलाई प्रबर्द्धन गर्नका लागि पनि गुगललाई पैसा तिर्दछन् । गुगल प्ले स्टोरमा मूभी हेर्नका लागि पनि पैसा तिर्नुपर्दछ । यी सबै माध्यमबाट प्ले स्टोरले पैसा कमाइरहेको हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४