Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशनका लागि अझै गाँठो फुकेको छैन : रामचन्द्र पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ९ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउन पुगेका उनले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

भदौ १८ गते वडाको चुनावको तिथि तय गरिएको छ । सभापतिजीले चुनाव शुरु हुन्छ, हुन्छ भन्नुभएको छ तर पार्टी मातहतका संयन्त्रबाट त्यो गाँठो फुकेको छैन’ उनले भने, ‘क्रियाशील सदस्यता टुंगो नलागी चुनाव कसरी हुन्छ ?’

पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याएको सदस्यता विवरण कम्प्युटरमा इन्ट्री गरेर सबैले हेर्न मिल्ने बनाउनुपर्ने बताए ।

क्रियाशील सदस्यता टुंगो लगाउन पार्टीले बनाएको समितिको मापदण्डको आधारमा काम गर्ने हो भने १÷२ दिनमा टुंगो लाग्ने नेता पौडेलले बताए । ‘क्रियाशील सदस्यता विवरण सार्वजनिक हुनुपर्छ, सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले हेर्न पाउनुपर्छ । केही कमजोरी त्रुटि भए सच्याउनुपर्छ’ उनले भने ।

पछिल्लो समय निर्धारित कार्यतालिकाअनुसार अधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने भन्दै पौडेलले भने, ‘केन्द्रीय नेतृत्व इमान्दार भएर पार्टीलाई बचाउने काममा लागौं, विधानको परिधीभित्र अधिवेशनको सुरुवात गर्न सक्छौं ।’

सभापति देउवाले अधिवेशन गर्छु भन्ने तर गर्ने वातावरण नबनाएको भन्दै आलोचना गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४