Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियामा भव्य भयो म्युजिक भिडियो ,कार्यक्रम ३० बिधामा विभिन्न कलाकारहरूलाई र केही पत्रकार लाई सम्मान गरिएको छ।को को कलाकार सम्मानित भए त…..?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ७ २०७५
  • 4.8K
    SHARES

 

मलेसियामा भव्य भयो म्युजिक भिडियो ,कार्यक्रम ३० बिधामा विभिन्न कलाकारहरूलाई र केही पत्रकार लाई सम्मान गरिएको छ।को को कलाकार सम्मानित भए त…..?

३० विधामा उत्कृष्ट अवार्ड, यस्ताे छ परिणाम

जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि
क्वालालम्पुर (मलेसीया) ६ असार

पछिल्लो समय बिदेशमा नेपाली अवार्ड गर्ने क्रम बढेको छ । यसै क्रममा पहिलो र दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड दुवईमा आयोजना गरेको संगीक्षा फिल्मस ब्राईट भेन्चरसँग मिलेर तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मलेसीयाको राजधानी क्वालालम्पुरमा सम्पन्न गरेको छ ।

सो अवार्ड समारोहमा प्रतिस्पर्धामुलक ३० विधामा अवार्ड प्रदान गरिएको छ । यस्तै सोही कार्यक्रममा दुई पत्रकार सम्मानित भएका छन् । चलचित्र पत्रकारितमा अढाई दशक भन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याएको भन्दै सोही कार्यक्रममा राजधानी दैनिकका पत्रकार डब्बु क्षेत्री र फिल्मी खबर सप्ताहिकका सम्पादक शान्तिप्रियलाई पत्रकारिता सम्मान २०१८ बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाले ओतप्रोत गीतको गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायाँकार, निर्देशक, सम्पादकबीच प्रतिस्पर्धामा उत्कृष्ट ३० विधामा अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा पप गीततर्फ गीतकारमा सु स्वागतम…गीतबाट नरेश भट्टराई, गायनमा पुरुष सु स्वगतम…बाट अनिल सिंहले, गायन महिलामा डम्फु… गीतबाट मिङस लामाले अवार्ड जितेका छन् । पप गीत भिडियो तर्फ छायाँकारमा दिलको भितैमा…बाट रामेश्वर कार्की, सम्पादकमा सेल्फी क्विन…बाट भरत रेग्मी, मोडेलमा जानी नजानी मायाबाट… आँचल शर्मा, भिडियो निर्देशकमा मुखौटा…बाट निकेश खड्का बिजेता बनेका छन् ।

अवार्ड समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृट गायिकाको अवार्ड ताराबाजी…बाट जुना प्रसाईंले, गायकको अवार्ड तर्की तर्की…बाट नारायण धितालले पाए ।

यस्तै गीतकारमा मेरो प्राण तिमि नै…बाट होम न्यौपाने, आधुनिक संगीतकारमा पहिलो भेटैमा…बाट दीपक भट्टराई, म्युजिक भिडियो सम्पादकमा तर्की तर्की…बाटै निशान घिमिरे छायाँकार, तर्की तर्की…बाट सुदिप बराल, मोडेल पुरुषबाट मेरो प्राण तिमि नै…दृश्य सुवेदी, मोडेल महिला छोरी अन्माउँदा…गीतबाट वर्षा शिवाकोटी र निर्देशकमा पुर्णिमाको रात मेरो…बाट आदित्य बुढाथोकीले यो अवार्ड पाए ।

यस्तै राष्ट्रिय भावनाले अभिप्रेरित गीतमा जय नेपाल…बाट शिवजी लामिछाने (सिवाज)ले, नव गायन प्रतिभामा सेल्फी क्विन…बाट रविना थापाले अवार्ड पाए ।

लोक गीत विधामा अवार्ड बिजेता तर्फ गायन पुरुषमा आधा गाग्री पानी…बाट डिबी लोप्चन, गायन महिलामा सरर प्लेनमा…बाट अमृता लुंगेली मगर, मोडल पुरुषमा सरर प्लेनमा…बाट संजिव ठकुरी, मोडल महिलामा शिर शिर बतासैले …बाट सुष्मा अधिकारी, सम्पादकमा बिउ खायो किरैले …बाट मिलन बिक र छायाँकारमा बिउ खायो किरैले …बाटै बासु बराल र निर्देशकमा माछी कहाँ छ…बाट मिलन श्रेष्ठ रहेका छन् ।

यस्तै लोक दोहोरी गीततर्फ अवार्ड बिजेतामा गायन पुरुषमा फुल फुल्यो …बाट प्रकाश कटवाल, गायन महिलामा आधा गाग्री…बाट उमा श्रेष्ठ, लयमा दुखीको दैलोमा…बाट नमराज ढुंगाना, शब्दमा छिनेको कम्मर…बाट लिला श्रेष्ठ, नव प्रतिभा गायनमा जवानीको तिर्खा…बाट स्मृति गौतम रहेका छन् ।

जुना प्रसार्इं
विशेष प्रतिभा सम्मानबाट सोही समारोहमा विभिन्न कलाकार एवम् प्राविधिक सम्मानित भए । कार्यक्रममा गायक गायिका, गीतकार तथा मोडलहरु गीता देवी, रामहरी न्यौपाने, अर्जुन सुनाम, अमृत खाती, रमिला न्यौपाने, नेत्री डी पन्त, सपना गुरुङ, कुमार कार्की, रवी सिंह, अर्जुनरत्न भिकारी, शितल शर्मा, राजेन्द्र कुमार कार्की, प्रदीप रोक्का, अशोक धिताल, राजकुमार हुमागाई, कुमार न्यौपाने, शान्ता शिशिर, फणिन्द्र ठकुरी, सविता ढुंगानालाई विशेष प्रतिभा सम्मान प्रदान गरियो ।

मलेसीयाका लागि नेपाली कार्यबाहक राजदुत कुमार खरेलको प्रमुख आतिथ्य र अग्रज निर्माता एवम राप्रपाका नेता उद्दब पौडेलको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रम विभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न भएको थियो ।

नेपाली गीत संगीतलाई अन्तराष्टिय क्षेत्रमा पुर्याउन मलेसीयामा अवार्ड गरिएको आयोजक मनोज केसीले कार्यक्रममा बताए । अर्का आयोजक बिक्रम जंग शाहले अवार्डबारे कार्यक्रममा प्रकाश पारे । अवार्ड समारोहमा नेपालबाट अतिथिका रुपमा करिब ७० जना कलाकार र
पत्रकार सहभागी भएका थिए ।
 जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४