प्रहरीले गुन्डा अशोक लामा माथी भर्खरै गोलि प्रहार..
ज न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि काठमाडौं जेठ २८ गते सोमबार :-
काठमाडौँः महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको युुएन पार्कमा गोली चलाएको छ । एकजना अभियुक्तलाई पक्राउ गर्ने क्रममा महाशाखाको टोलीले सोमबार दिउँसो गोली चलाएको हो ।महाशाखा प्रमुख धिरजप्रताप सिंहका अनुसार हप्ता असुली तथा गुण्डागर्दीमा संलग्न अशोक लामामाथि प्रहरीले गोली चलाएको हो ।ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो ।युएन पार्कमा लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको सिंहले जानकारी दिए । सिंहका अनुसार दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको सिंहले जन न्युज नेपाल खबर लाई जानकारी दिए ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो।भने बिशुद्धसंग स्वास्थ्य सम्बन्धित जानकारी को लागि हेल्थप्लस डट कम हो।हामिहरुले मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२