Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीका नेतासँग देउवाको छलफल सुरु, सिटौला पक्षका नेता पनि सहभागी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ६ २०७८
  • 6K
    SHARES

काठमाडौं । फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरूसँग छलफल थालेका छन् ।
यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी छन् ।

बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।
हालसम्मको छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आएका छन् ।

शनिबार प्रदेश २ का नेताहरुसँग छलफल गर्दा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा देखाएका थिए । तर देउवाले निधिलाई समर्थन गर्ने संकेत नदेखाएको एक नेताले बताए ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म निर्धारण गरिएको छ ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४