काठमाडाैं : नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता झलनाथ खनालको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन्।
खनाल-नेपाल समूहका नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हस्ताक्षर दुरुपयोग हुनु दुखद् भएको बताए।
स्वदेशमा उपचार नहुने परिस्थितिमा बिदेशमा उपचार गर्न जानुभएका क. झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी वक्तब्य जारी गर्नु निकै नै दुखद् छ। यो षडयन्त्र हो।’ उनले भने, ‘श्वासप्रश्वासमा समेत समस्या भैरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन।’
उनले वक्तव्यमा उल्लेखित विचार नेता खनालसँगको विचारमा मेल नखाने पनि दाबी गरेका छन्।
उपचारका लागि दिल्ली उड्नुअघि नेता खनालले प्रेस वक्तब्य जारी गर्दै व्यक्तिगत इगाे त्यागेर पार्टी एकतामा जुट्न अपिल गरेका थिए। 
तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।