सरकारले गरेकाे पेट्रोलियम पदार्थको मुल्यवृद्धिका विरुद्ध नेविसंघ रामेछाप ले गरे विरोध , :-
जन न्युज नेपाल खबर डट कम रामेछाप प्रतिनिधि जेष्ठ २२ गते मंगलवार :-
नेपाल सरकारले पेट्रोलियम पदार्थको पटक -पटक मुल्यवृद्धि र रामेछाप जिल्लामा सामान अापुर्तिमा लगाएकाे अघाेषित नाकाबन्दी फिर्ताको माग राख्दै जिल्ला प्रशासन कार्यलय रामेछापमा अाज दिउँसो १ बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपि शर्मा वलिलाई नेपाल विद्यार्थी संघ रामेछापले ज्ञापनपत्र बुझाएको छ ।
समृद्ध नेपालकाे झुटाे नारा लगाएर उदाएको कम्युनिस्ट पाटिकाे सरकार यति बेला जनविरोधी र नेपालकाे राष्ट्रियता कमजाेर बनाउने चलखेलममा लागेकाे उल्लेख गर्दै कम्युनिस्ट सरकारकाे सय दिनकाे अन्तरालमा भएकाे पेट्रोलियम पदार्थको पटक पटककाे मूल्य वृद्धिले दैनिक उपभाेग्य सामान, निर्माण सामग्रि तगाएत दैनिक प्रयाेजनका सामाग्रीमा भएकाे चरम मुल्यवृद्विले नागरिकले सास्ती बेहाेर्नु परेकाे र नागरिककाे ईच्छा चाहना र सहजतापुर्ण जिउन पाउने अधिकारमाथि खेलबाड गरेकाे भन्दै नेविसंघ रामेछापका काेषाध्यक्ष युवराज सुवेदीकाे अगुवाइमा प्रधानमन्त्री वलिलाई ज्ञापनपत्र बुझाएर मुल्यवृद्वि फिर्ताको माग राखेका छन् ।
यसै गरि रामेछाप भित्रिने मालबाहक सवारी साधनमा विगत देखि अघाेषित रुपमा भएकाे नाकाबन्दिले सामान अापुर्तिमा ठुलाे समस्या भएकाे भन्दै तत्काल मालबाहक साधनलाई ईजाजत दिएर अापुर्तिमा सहजता गराउन समेत ज्ञापनपत्र मार्फत अनुराेध गरेकाे छ । भने ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले यस विषयमा अाफुले केही गर्न नसक्ने जानकारी गराउदै ज्ञापनपत्र प्रधानमन्त्रीकाेमा पुर्याएर सहयाेग गर्ने बताउनु भयाे ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
