Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीको अघोषित नाकावन्दिका कारण रामेछापको जनजीवन अस्तव्यस्त नेपाल सरकार मुख दर्शक हुदै जनता चिन्तित :- जन न्युज नेपाल खबर :


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २२ २०७५
  • 13.7K
    SHARES

सिन्धुलीको अघोषित नाकावन्दिका कारण रामेछापको जनजीवन अस्तव्यस्त नेपाल सरकार मुख दर्शक हुदै जनता चिन्तित :- जन न्युज नेपाल खबर :

सिन्धुलीको अघोषित नाकावन्दिका कारण रामेछापको जनजीवन अस्तव्यस्त:-रामेछाप । जेठ २२गते , जन न्युज नेपाल खबर प्रतिनिधि रामेछाप :-

सिन्धुली जिल्लाको अघोषित नाकावन्दिको कारण रामेछापको जनजीवन अस्तव्यस्त बनेको छ । विपिमार्गबाट सिन्धुली जिल्ला हुँदै रामेछाप जिल्ला भित्रने ढुवानी तथा यात्रुवाहाक सवारी साधनहरुलाई रामेछाप छिर्न सिन्धुली प्रशासनले रोक लगाएपछि रामेछापको जनजीवन अस्तव्यस्त बनेको छ ।
विपिमार्गमा जीबिडब्लु १० टन भन्दा बढीका सबारी साधन सञ्चालनको अनुमति नभएको भन्दै सिन्धुली प्रशासनले तराईबाट सिन्धुलीको सदरमुकाम सिन्धुली माढीहुँदै रामेछाप, दोलखा, ओखलढुँगा, सोलु आउने यातायात साधनलाई सिन्धुली सदरमुकाममा नै ४ दिनदेखि रोकेको छ । यातायात साधन रोकिएपछि रामेछापमा दैनिक उपभोग्य सामान तथा निर्माण सामाग्रिहरुको अभाव सुरु भएको छ । तराईबाट आउने उपभोग्य सामान तथा निर्माण सामाग्रि जिल्ला भित्रन नपाएपछि जनजीवन अस्तव्यस्त भएको छ ।

यातायात व्यवस्था विभागबाट १० टनभन्दा माथिका ढुवानीका साधन तथा १९ सिट माथिको क्षमता भएका यात्रीबाहाक सवारी साधन चलाउन नदिने परिपत्र आएको भन्दै सिन्धुली प्रशासनले सिन्धुलीको माढी बजारमा नै यातायात साधनलाई रोक लागएको हो ।एउटै मापदण्डमा बनाएको १ सय ६० किलोमिटर लामो बनेपा वर्दिवास सडकको सिन्धुलीदेखि खुर्काेटसम्मको भागमा यातायात सञ्चालनमा प्रशासनले रोक लगाएको भए पनि बर्दिवासदेखि सिन्धुलीको सदरमुकाम माढी बजारसम्मभने निर्वाध रुपमा सवारी साधनहरु चलि रहेका छन् । यसैगरी खुर्काेटबाट काठमाडौँसम्म १५ टनभन्दा बढी गिटी र बालुवा बोकेर ठूला टिफरहरु चलि रहेका छन् । टिफरले क्षमताभन्दा बढी सामान बोकेर जताततै बाटो विगार्दा पनि आँखा चिम्लिएर बसेको स्थानीय प्रशासनले रामेछापलाई मात्र लक्षित गरी सिन्धुलीमाढीदेखि खुर्काेटसम्मको सडकमा मात्र यातायात सञ्चालन हुन रोक लगाएको छ ।

यस अघि पनि पटक पटक सिन्धुलीको स्थानीय प्रशासन, राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायतका व्यवसायीहरु बसेर सर्वपक्षिय निर्णय गर्दै रामेछापमा आउने यातायात सञ्चालनमा रोक लगाउने निर्णय गर्दै आएका थिए । जसले गर्दा रामेछापबासीहरुले वारम्बार सास्ति भोग्दै आएका छन् । फेरी एक पटक यो नियती दोहोरिएको छ ।
समस्या आउने वित्तिकै सिन्धुलीको प्रशासनसँग आपूmले नियमित कुरा गरको भए पनि केन्द्रिय निर्णय भएकोले त्यसलाई परिवर्तन गरी पत्र नआएसम्म केही गर्न नसक्ने जवाफ आएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । यातायात रोकिदा जनजीवन प्रभावति भएको भए पनि केन्द्रको परिपत्र मान्नु पर्ने वाध्याता रहेको उनले बताए ।

पूर्व सभाषद एवं नेपाल कम्युनिष्ट पार्टीका नेता तारनारायण श्रेष्ठले सिन्धुलीको प्रशासन, राजनीतिक दल, व्यसायी समेतको मिलेमतोमा रामेछाप माथिको सिण्डिकेट कायम रहेको जन न्युज नेपाल  खबर लाई  बताए । सिन्धुलीसम्म १६ चक्के गाडी आउने तर सोही मापदण्ड अनुसार नै बनेको सिन्धुलीबाट खुर्काेटसम्म १० टनका गाडी पनि आउन नपाउने हुनै नसक्ने कुरा भएको उनले बताए । यातायात व्यवस्था विभागको स्किृति लिएर भने जति क्षमताका गाडी क्षमताका गाडि पनि चलाउन सडकले थेग्ने नत्र नथेग्ने अचम्मको विषय भएको उनले बताए ।
नेपाली काँग्रेसका सचिव लेखबहादुर कार्की यो रामेछाप माथि सिन्धुलीको नाकावन्दि भएको बताउँछन् । यो नाकावन्दिले रामेछापलाई पुन ढुँगेयुगमा फर्काउन खोजिएको उनले बताए ।
मन्थली नगरपालिकाका प्रमुख रमेश वस्नेत यस विषयमा ३ नं प्रदेशका मुख्य मन्त्रीसँग समेत आफुहरुले कुरा गर्ने बताए । रामेछाप माथि लगायता अप्ठेरो पार्ने काम गरिएको उनले बताए । यसै बिच रामेछाप उद्योग बाणिज्य संघ रामेछापले सिन्धुलीबाट रामेछाप आउने यातायात साधन रोकिएको प्रति प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । बाणिज्य संघले निर्माण कार्य तिब्र गतिमा अघि बढि रहेको बेलामा गरिएको नाकावन्दिले सबै क्षेत्र अस्तव्यस्त भएको उल्लेख गरेको छ । यसको तत्काल स्थायी समाधान खोज्ने संघका अध्यक्ष श्याम थापाद्वार बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।  जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४