Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई तिहाई को दम्भ देखाए सरकार समाप्ति हुन्छ:काङ्ग्रेस नेता सिटौला :


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २२ २०७५
  • 4.2K
    SHARES

जन न्युज नेपाल खबर डट  कम प्रतिनिधि  नेत्र बहादुर कार्की जेष्ठ  २१ गते


काठमाडौं- नेपाली काँग्रेसका नेता पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले दुई दिहाइको दम्भ देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।
सरकारले दुईतिहाइको दम्ब देखाए आफै पतन हुने निश्चित रहेको उनले बताए । चुनाव प्रचारप्रसारको क्रममा बम बिस्पोटमा परि एउटा गोडा गुमाएकी नेबिसंघ नेत्री मिरा कटुवाल लाई सम्मान तथा सहयोग हस्तान्तरण र वर्तमान अवस्थामा नेबिसंघको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले यस्तो चेतावनी दिएका हुन ।
प्रादेशक तथा संघीय निर्वाचनको प्रचारप्रसारमा क्रममा बम विस्फोटमा परि कटुवालले एउटा गोडा गुमाएकी थिइन ।


जहानीया राणा र राजाले अधिनायकवादी शैलीले शासन गर्न खोजेकै कारण पतन भएको भन्दै वर्तमान सरकारले नि त्यही बाटो रोजे राजा र राणाकै हालत हुने सिटौलाले बताए ।
काँग्रेस प्रतिपक्षमा बसे पनि प्रभावकारी भूमिका खेल्न नसकेको बताए । सरकारले गरेको गलत कुरालाइ पनि कुनै किसिमको बिरोध गर्न नसकेकाले सरकारलाई प्रतिपक्षी नै नभएको अनुभुती भएर मनलाग्दि गरेको सिटौलाको भनाई छ ।
यस्तै सिटौलाले बम बिस्पोटमा परि गोडा गुमाएकी मीरा कटुवाललाई सहयोग गरेकोमा नेपाल विद्यार्थी संघ अमेरिका शाखा र अध्यक्ष प्रभात सापकोटालाई धन्यवाद ब्यक्त गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेबिसंघका पुर्व अध्यक्ष नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले संघीय संसदमा काँग्रेसको भूमिका हेर्दा नेताहरूलाई अहिलेसम्म पनि सरकारमै भएको अनुभूती भइरहेको र सरकारको गलत निर्णयको बिरोध गर्न समेत बिर्सेको बताए । 
लामो समयसम्म सरकारको नेतृत्व गरेकोको काँग्रेसले सदनमा ताली मात्र पड्काउने काम गरेको बताए ।
नेबिसंघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेबिसंघका केन्दिय सदय डिल्लीराम सुवेदी, महामन्त्री कुन्दनराज काफ्लेलागयले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताले मातृ पार्टी नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।
नेपाल विद्यार्थी संघ अमेरिका शाखाले बत्तिसपुतली अनुपम पाटी प्यालेस काठमाडौंमा आयोजना गरेको ‘हामी सँगसंगै मीरा कटुवाल सहयोग अभियान’ अन्तरगत संकलीत ३ लाख रुपैयाँ घाइते कटुवाललाई हस्तान्तरण गरेको थियो । 

जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद।
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४