साढे ३३ केजी सुन तस्करी प्रकरणमा अहिलेसम्मकै ठुलो खुलासा
जन न्युज नेपाल खबर डट कम संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ १७, २०७५
काठमाडौं – त्रिभुवन विमानस्थलबाट गत वर्ष भित्रिएको साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङमा दिइरेहेकाे बयान सकिएकाे छ। न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान लिने काम भएकाे हाे।
स्रोतका अनुसार एसएसपी खत्रीले पनि बयानको क्रममा राजनीतिक दलका नेताहरुको पनि नाम लिएका छन् । तर यो कुरा बाहिरा ल्याइएको छैन्। प्रहरीले अहिले नाम सार्जनिक गर्न नमिल्ने बताएकाे छ ।
बयान लिने क्रममा उपस्थित रहेका एक प्रहरी अधिकृतले भने,’माथिल्लाे निकाय तथा राजनीतिक दलका नेताहरुकाे संलग्नता रहेकाे बयान अाएकाेले नाम अहिले नै फ्यालस भयाे भने अभियुक्त भाग्न सक्छन त्यसैले नाम सार्वजनिक गर्न मिल्दैन्’
एसएसपी खत्रीले दिएको बयानको आधारमा प्रहरीले अब अनुसन्धानलार्इ अगाडी बढाउने स्राेतले बताएकाे छ। एसएसपी खत्रीको बयानले यस प्रकरणमा अन्य को-को संलग्न छन्, उनीहरुकाेखाेजी गरी केही दिनमै पक्राउ गरी अभियुक्तहरुलार्इ सार्वजनिक गरिने स्राेतले बताएकाे छ। अभियुक्तहरुकाे खाेजीका लागि प्रहरी परिचालन गरिएकाे गृह स्राेतले बताएकाे छ ।
यो प्रकरणमा मुछिएपछि फरार रहेका खत्रीले अदालतमा बिहीबार बिहान आत्मसमर्पण गरेका हुन् । उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि डिफ्युजन नोटिस जारी गरेको थियो ।
उनको बयान सकिए लगत्तै थुनछेकको बहस सुरु भएकाे थियाे हुनेछ । खत्रीका तर्फबाट अधिवक्ताहरु हेमराज पन्त र मदनकुमार पन्तले बहस गरेका छन्।
यो प्रकरणका योजनाकार भनिएका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बयानमा बताएका थिए ।
यो मुद्दामा पूर्व डिआइजी गोविन्दप्रसाद निरौला र गोरेसहित यो मुद्दाका ३० प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ ।
जिल्ला न्यायाधिवक्ताको कार्यालय मोरङले बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै खत्रीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामि समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ। तपाई पाठकहरुले दिएको सुझावनै हाम्रो प्रेरणाको स्रोत हो। तपाईलाई हाम्रो समाचार मन परेमा सेयर गरिदिनु होला। धन्यवाद