Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा उपनिर्वाचन : थापा-देवकोटा भिडन्त पक्का, उम्मेदवारी दिन हेटौँडा हिँडे गृहमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 7.4K
    SHARES

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा गृहमन्त्री राम बहादुर थापालाई नै अघि सार्ने निर्णय गरेको छ ।

केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले गृहमन्त्री थापालाई नै अघि सार्ने निर्णय गरेको हो।

यसअघि एमालेले गृहमन्त्री थापालाई नै उम्मेद्वार बनाउने बताएको थियो । तर जित्ने अवस्था नदेखेपछि थापा उम्मेदवार बन्न चाहेका थिएनन् । जित्ने सुनिश्चित भएको अवस्थामा मात्र उनी उम्मेदवार बन्ने मनसायमा रहेको बुझिएको थियो।

तर, थापालाई उम्मेदवार बनाउनुअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले बालुवाटारमा छलफल गरेका थिए । बालुवाटारबाट निर्णय भएपछि उनी उम्मेदवारी दिन बागमती प्रदेशको केन्द्र मकवानपुर हिँडेको उनी निकट स्रोतले बताएको छ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री थापाले उम्मेदवारी दिने भएका हुन् । यस्तै, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्। अब गृहमन्त्री थापा र देवकोटाको भिडन्त हुने पक्का भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४