Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

योजना विना गर्भ रहे के गर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 11.6K
    SHARES

गर्भको योजना नबनाउँदै वा कुनै तयारी विना नै परिवार नियोजनका साधन प्रयोग नगरेको अवस्थामा गर्भ रहन सक्छ । अधिंकाश दम्पतीको यस्तै हुने गरेको हुन्छ ।

यस अवस्थामा, गर्भ रहेको शंका लाग्नासाथ स्वास्थ्यकर्मीसँग जाँच गराउनुहोस् ।

गर्भ रहेको प्रमाणित भएमा गर्भलाई निरन्तरता दिन नियमित स्वास्थ्य र गर्भ परीक्षण गर्दै गर्भको स्याहार गर्न सकिन्छ । वा गर्भको निरन्तरता दिन नसकिने अवस्था रहे सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्थामा १२ हप्तासम्मको गर्भ गर्भवतीकै मञ्जुरीमा सुरिक्षत गर्भपतन गर्न पनि सकिन्छ । नेपाल सरकारको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क उपलब्ध छ भने निजी क्षेत्रका सूचीकृत स्वास्थ्य केन्द्र (अस्पताल) मा यो सेवा सशुल्क उपलब्ध छ ।

  • गर्भलाई निरन्तरता दिने भएमा

 पहिलो भेटमा तपाईंको उँचाइ र तौल नाप्नुहोस् । यसले तपाईं कुपोषित हो कि होइन पत्ता लगाउँछ । गर्भावस्थामा कुपोषण भए गर्भको बच्चाकाे विकास राम्रो हुँदैन, त्यसैले कुपोषण भए उपचार गर्नुपर्छ ।

 हरेक पटक स्वास्थ्य संस्था जाँदा आफ्नो तौल नाप्नुहोस् । गर्भको अवधि बढ्दै जाँदा तौल पनि बढ्दै जानुपर्छ । गर्भावस्थामा सामान्यतया तपाईंको तौल १० देखि १२ किलो बढ्नुपर्छ ।

  • गर्भ जाँचको प्रत्येक भ्रमणमा स्वास्थ्यकर्मीबाट अनिवार्य प्रेसर जाँच गराउनुहोस्  ।

स्वास्थ्यकर्मी तथा चिकित्सकले दिएको सल्लाह, सुझावको पालना गर्दै सुझाएका परीक्षण गर्ने, औषधि सेवन गर्ने र नियमित फलोअप गर्ने ।

  • गर्भ परीक्षण कहिले कहिले गर्ने ?

सम्भव भए गर्भको योजना बनाउँदै गर्दा नै स्वास्थ्यकर्मी वा प्रसूति विज्ञसँग परामर्श लिने र आवश्यक परीक्षण गराउने ।

आफू गर्भवती भएको वा गर्भ रहेको शंका लाग्ने बित्तिकै देखि पहिलो तीन महिनाभित्र पहिलो गर्भ परीक्षण गर्नै पर्छ । यो परीक्षणले गर्भ रहेको वा नरहेको पनि यकिन गर्छ । गर्भको प्रारम्भिक अवस्थामा नै बच्चाको अङ्गहरु बन्ने भएकोले धेरै सजग हुनुपर्छ । कुपोषण, हर्मोनका गडबडी तथा संक्रमण भए उपचार गर्नुपर्ने भएकोले आफूलाई भए नभएको यकिन गर्न आवश्यक परीक्षणहरु पनि गर्नुपर्छ ।

 दोस्रो परीक्षण  चार महिना लाग्ने बित्तिकै अर्थात् १६ हप्तामा गरिसक्नुपर्छ । गर्भको चौथाे महिना शुरु भए पछि खानामा रुचि बढ्ने हुन्छ र यस परिक्षण पछि आइरन तथा क्याल्सियम चक्की खान शुरु गर्नुपर्ने हुन्छ ।

तेस्रो परीक्षण १ महिना पछि अर्थात् गर्भको ४ महिना पार गरेर २० देखि २४ हप्तामा गर्नु उपयुक्त हुन्छ । यस अवस्थामा गर्भको बच्चामा कुनै खराबी  छ वा छैन पत्ता लगाउन अल्ट्रासाउण्ड (भिडियो एक्स रे) गर्नुपर्छ । यसका साथै रक्तचाप (प्रेसर) र अन्य आवश्यक परीक्षण गर्नुपर्ने भएकोले यो भ्रमण निकै महत्वपूर्ण मानिन्छ ।

नियमित १–१ महिनाको फरकमा चौथाे र पाँचौं परीक्षण क्रमशः २८ र ३२ हप्तामा गर्नुपर्छ । यी भ्रमणहरुमा बच्चाको वृद्धि मूल्यांकन गर्नुका साथै गर्भवतीको प्रेसर बढ्ने समस्या (प्रिईक्लेम्पसिया), पिसाबमा हुन सक्ने समस्या, ढाडको दुखाइ आदि बारे परामर्श गरिन्छ ।

 गर्भको आठ महिना पुगेपछि अर्थात् ३४ हप्ता पुगेपछि प्रत्येक १५ दिनमा जाँच गराउनुपर्छ । त्यसैले छैटाैं, सातौं र आठौं क्रमशः ३४, ३६ र ३८–४० हप्तामा गराउनुपर्छ । यस परीक्षणहरुमा गर्भवतीको रक्तअल्पता, अन्य जटिलताहरु मूल्यांकन गर्नुका साथै बच्चाको अवस्था, कता फर्केको छ, सालनालको अवस्था आदि मुख्यरुपले परीक्षण गर्नुपर्छ । यस अवस्थामा सुत्केरीको योजना बनाउने र यसका लागि तयारी पनि गर्नुपर्ने हुन्छ ।

 यस बाहेक पनि आफूलाई कुनै समस्या भए स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा जाँच गराउनुपर्छ । यदि यसरी जाँच गर्न सम्भव नभएमा कम्तीमा पनि ४ महिना, ६ महिना, ८ महिना र ९ महिनामा अनिवार्य गर्भ जाँच गर्नुपर्छ ।

औषधि के के सेवन गर्ने ?

गर्भ रहनुभन्दा ३ महिना अगाडिदेखि फोलिक एसिड चक्की खान शुरु गरेको राम्रो हो । यदि पहिले शुरु गरेको छैन भने पनि गर्भ रहेको थाहा हुने बित्तिकै यो शुरु गर्नुपर्छ । फोलिक एसिड चक्कि गर्भ रहेको ९० दिनसम्म प्रत्येक दिन खानुहोस् । यसो गर्नाले जन्मिने बच्चामा अपांगता हुने सम्भावनालाई कम गराउँछ ।

गर्भको ९० दिन पूरा भएपछि प्रत्येक दिन बिहान  एक चक्की आइरन (जस्ले तपाइँलाई रक्तअल्पता हुनबाट बचाउनेछ र तपाइँको बच्चाको स्वास्थ्य समेत राम्रो पार्नेछ) खानुहोस्। दुध तथा दुधजन्य पदार्थ तथा चिया र कफी सेवन गरेको २ घण्टा अघि वा पछि मात्र आइरन चक्की सेवन गर्दा शोषण राम्रो हुन्छ साथै भिटामिन सि युक्त खानेकुरा अम्बा कागती सुन्तला अमला आदिको सँगै सेवन गर्नुहोस् । आईरन चक्की स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

आईरन चक्की शुरु गरेसँगै प्रत्येक दिन बेलुका क्याल्सियम चक्की पनि खान शुरु गर्नुपर्छ । यसले गर्भावस्थामा हुन सक्ने मूर्छा पर्ने समस्याबाट बचाउँछ ।

गर्भको अवधि ३ महिना पुरा भएपछि १ चक्की जुकाको औषधि सेवन गर्नुहोस् वा दिसा परिक्षण गराएर आवश्यकता अनुसार जुकाको औषधि सेवन गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४