Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोलि उपत्यकाका तीन सिडिओको बैठक, थप केही क्षेत्रमा निषेध गरिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  भने, ‘भोलि बैठक बसेर थप केही क्षेत्रमा कडाइ गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार खाद्यान्न पसल पनि बिहान मात्र खोल्न दिने विषयमा छलफल भइरहेको छ । तर, निर्णय भइसकेको छैन ।

सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी गरिएको छ । एक चौथाइ कार्यालय मात्र खेलेर सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न दिने भनिएको छ ।

अत्यावश्यक बाहेकका केही कार्यालय बन्द गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल हुने भनिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि एक साताको निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद्ले थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४