Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालिका खड्का आज धरौटीमा छुट्ने सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 5.7K
    SHARES

काठमाडौँ। प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार एवं गालीगलौज गरेको आरोपमा पक्राउ परेकी नेकपा एमालेकी बिबादास्पद नेतृ बालिका खड्काको मुद्दामा आज थुनछेक बहस हुँदैछ । जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस हुने एक सरकारी वकिलले जानकारी दिए। उनका अनुसार खड्का आज धरौटीमा छुट्ने सम्भावना रहेको छ।

गत वैशाख ९ मा एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ परेकी खड्काले उक्त दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यालय निरीक्षण गर्न जाँदा बालिकाले मुख्यमन्त्री राईलाई अभद्र व्यवहार गरेकी थिइन्।

खड्काले मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज र यौनशोषणको आरोप लगाउँदै आएकी छिन्।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतका अनुसार बालिकालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएकोमा आज थुनछेक बहस हुन लागेको हो।

मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

यसअघि पनि खड्का पक्राउ पर्दै छुट्दै आएकी थिइन।

खड्काले केही समय पहिले राईकी श्रीमती भएको दाबी गर्दै अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन्।

तर, उनले मुद्दा फिर्ता लिइसकेकी छन्। खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट मुद्दा फिर्ता लिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४