Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियाको ठूलो प्रविधि कम्पनीले कर्मचारीलाई भन्यो : वर्षमा ४ दिनमात्रै अफिस आउनू


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 3.6K
    SHARES

काठमाडौँ । अष्ट्रेलियाको सबैभन्दा ठूलो प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले आफ्ना कर्मचारीहरु वर्षमा केवल चार दिनमात्र कार्यालय आउसक्ने व्यवस्था गरेको छ । अर्थात् कर्मचारीहरुले आफ्नो पायक पर्ने कार्यालयमा हरेक त्रैमासिक अवधिमा एकपटक मात्र उपस्थित भए पुग्नेछ ।

कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्‍यनजर गर्दै कम्पनीले ‘टीम एनी ह्वेयर’ नीति लागू गरेको छ । जस अन्तर्गत कम्पनीले विश्वका विभिन्न देशमा कार्यरत आफ्ना ५७ सय कर्मचारीहरुलाई कम्पनीको शाखा रहेका विश्वका जुनसुकै देशबाट काम गर्न सक्ने व्यवस्था गरेको हो ।

त्यसका लागि कम्पनीले विभिन्न देशको समयमा हुने फरकको समायोजनका लागि समेत कर्मचारीहरु खटाएको छ । अहिले उक्त कम्पनीका विभिन्न ७ वटा देशमा कार्यालयहरु रहेका छन् ।

एटलासियनका सहसंस्थापक तथा प्रमुख कार्यकारी स्कट फार्कुहारका अनुसार घरबाटै काम गर्न पाउने स्थायी व्यवस्थाले कम्पनीलाई अस्ट्रेलियामा अवस्थित विश्वव्यापी जनशक्ति भएको कम्पनीको रुपमा स्थापित गराएको बताए । उनले आफू गत १२ महिनामा केवल ३ पटक मात्र अफिस गएको भन्दै कम्पनीको उक्त नीतिले उत्कृष्ट क्षमतावान जनशक्ति आकर्षित गर्ने दाबी गरे ।

संस्थापक स्कट फार्कुहार र माइक क्यानन ब्रुक्सले एक ब्लग पोष्टमा कोभिड-१९ ले इतिहासमा अहिलेसम्मकै वृहत दूर कार्य अनुभव अर्थात् रिमोट वर्क एक्सपेरिमेन्टको अवसर सिर्जना गरेको बताएका छन् ।

सन् २०२० मा कोरोना महामारी उच्चतम विन्दुमा पुगेका बेला कम्पनीले एक आन्तरिक आदेश जारी गर्दै भाइरसले दूरकार्य संस्कृतिलाई बढावा दिने योजना लागू गर्नमा बल पुगेको बताएको थियो ।

मेलवर्न इन्स्टिच्यूटले गरेको एक अनुसन्धान अनुसार कोभिड-१९ का बेला घरबाटै काम गरेकामध्ये ७० प्रतिशतले महामारी साम्य भएपछि पनि घरबाटै काम गर्न रूचाउनेछन् । शोधकर्ताका अनुसार कर्मचारीहरुले दूरकार्यमा बानी पार्दै गएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४