Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सभा बैठक भोलि बस्ने : पीसीआर रिपोर्ट पोजेटिभ आए पनि मतदान गर्न दिने सहमति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 7K
    SHARES

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । मंगलबार बोलाइएको बैठक सुरुहुनुअघि नै सत्तारुढ दल एमाले सांसदको अवरोधका कारण स्थगित भएको हो ।

पिसिआर परीक्षण नगरी बैठक सुचारु गर्न नसकिने भन्दै सत्तारुढ दल नेकपा एमालेका सांसदहरु विरोधमा उत्रिएका थिए । सभामुखले पटक पटक बस्न र बैठक अघि बढाउने वातावरण सिर्जना गर्न अनुरोध गरे पनि उनीहरुले मानेनन् ।

 

त्यसपछि २० मिनेटका लागि भनेर स्थगित गरिए पनि पिसिआर परीक्षण गर्नैपर्ने अडान यथावत राखिए पछि प्रदेशसभा बैठक बुधबार बस्ने सहमति भएको छ ।

साथै, आजै सबै सांसदहरुको पिसिआर परीक्षण गरिने छ । र, पिसिआर परीक्षणको रिपोर्ट आए पछिमात्र बैठक बस्ने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको छ ।

साथै, सांसदहरुको पिसिआर रिपोर्ट पोजेटिभ आए सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने जनाइएको छ । तर, बैठकमा भने सहभागी नगराइने पनि दलहरुबीच सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४