Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज पनि छलफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 2.4K
    SHARES

काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदहरुले धारणा राख्दैछन् ।

मध्यान्ह १२ बजे पोखरास्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएपछि हिजैदेखि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो ।

हिजो पहिलो दिन ८ जना सांसदले धारणा राखेका थिए । गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि आज छलफल सकिए भोली मतदान हुने संभावना रहेको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा प्रस्तावका विषयमा सांसदहरूले आफ्ना बिचार राखेपछि अन्त्यमा मुख्यमन्त्री गुरुङले आफ्ना भनाइ राखेर मात्रै मतदान प्रक्रिया सुरु हुने कार्यसूची छ । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४