Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडाैँसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3.5K
    SHARES

काठमाडाैँ । सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

यसअघि काठमाडाैँ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पु¥याएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ ।

यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४