Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं प्रवेश गर्ने अनिवार्य क्वारेन्टाइनमा, खाद्यान्न पसल बिहान १० बजेसम्म खोल्न पाइने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा सबै बन्द हुने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेश अनुसार सो अवधिमा खाद्यान्न सामाग्रीहरुका पसल-व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न सामग्रीका पसलहरु खोल्न पाइने छ । आदेश अनुसार खाद्यान्न सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धित पसल व्यवसाय बाहेकका अन्य पसललाई बन्द हुनेछन् ।

यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र खुला गर्न भनिएको छ । डिपार्टमेन्टका ग्रोसरी कक्ष बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।

त्यसैगरी काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । आदेशमा काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको हो । यस्तै,काठमाडौंमा अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने पनि आदेशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४