Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालको मुद्दामा पेशी तोकियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । एमाले वरिष्ठ नेता माधव नेपालसहित चार जना नेताहरुले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ ।

वैशाख ९ गते नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ओली पक्षले एकलौटी रुपमा गरेका निर्णय खारेजीको माग गर्दै रिट दिनुभएको थियो ।

नेताहरुले निर्वाचन आयोग, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएका छन् ।

निवेदनमा एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफूहरुको सहभागिता बिना ओली पक्षले फागुन २८, चैत्र ७ र वैशाख ६ गते गरिएका भनिएका पार्टी विधान विपरीत निर्णयहरु रोक्न माग गरेका छन् ।

विधान विपरीत महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई खारेज गरेर महाधिवेशन आयोजक कमिटी बनाएको, आफू पक्षीय १४ जना पदाधिकारी खारेज गरेको, पार्टी सदस्यता नलिएकालाई अचानक केन्द्रीय कमिटी सदस्य बनाएको, विधान अधिवेशन नगरी विधान संशोधन गरेकाले त्यसलाई बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

उनीहरुले पार्टीलाई सर्वोच्चको आदेशअनुसार फागुन २३ गते एमाले पुनर्जिवित हुँदाको अवस्थामा फर्काउन र २७ सांसदमाथि गर्न लागिएको कारबाही रोक्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४