Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना कहर : गम्भीर अवस्थाकालाई भुइँमै सुताएर उपचार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।

दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालको अति आवश्यक खर्च महिनामा १ करोड ७ लाख ९० हजार ५ सय भइरहेको वलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको पहलमा अस्पताल खुले पनि असोजयता खर्च नपठाएको उनले बताए । ‘हामी ऋणमा काम गरिरहेका छौं । अब उधारोमा सामान पाउन गाह्रो हुन थाल्यो । अहिले अक्सिजनको अभाव हुन थालेको छ,’ उनले भने, ‘समयमै आवश्यक सामान किन्न सकिएन भने बिरामीको उपचार नपाएर ज्यान जान सक्छ ।’

बेड नभएका कारण बिरामी फर्काउनुपरेको र गम्भीर अवस्थाकालाई भुइँमै सुताएर उपचार गरिरहेको उनले बताए । ‘छिट्टै बेड नबढाए र आवश्यक सामान किन्न नसके अवस्था साह्रै भयावह हुन सक्छ । अक्सिजन र उपचार नपाएरै बिरामीको ज्यान जान सक्छ ।’

अस्पतालमा चार मेडिकल अधिकृत र १२ नर्स कार्यरत छन् । एक नर्सले एक बिरामीको स्याहार गर्नुपर्ने अवस्थामा यति थोरै जनशक्तिले सेवा दिन पनि कठिन भइरहेको उनले बताएको समाचारआजको कान्तिपुर दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४