Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनस्वास्थ्यका नयाँ मापदण्डसहित लकडाउनको तयारीमा सरकार !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने गर्ने र त्योसँगै लकडाउनको समेत तयारी गरेको छ । कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको हो।

पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै आएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।त्यसैले पनि सरकारले लकडाउनको तयारी गरेको बताइएको छ । कानुन मन्त्री लीलानाथ श्रेष्ठले पहिलो एक हप्ता जनचेतना फैलाउने र जनस्वास्थ्यको आचारसंहिता कडाइका साथ लागु गर्न सार्वजनिक अपिल गर्ने त्यसपछिको अवस्था हेरेर लकडाउन गर्नु परे निर्णय लिन सक्ने जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार बसमा यात्रा गर्ने यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउने जिम्मेवारी चालक र सहचालकको हुनेछ। यस्तै विद्यालयको जिम्मेवारी प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षको हुनेछ। सरकारले जारी गर्ने आचारसंहिता पालना नगरे चरणबद्ध कडाइ गर्ने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले बताए।

यसैबीच स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४