Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारको ‘डिनर मिटिङ’ले पनि दिएन ओलीलाई गौतमको साथ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 1.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादमा आफुलाई साथ दिन गरेको आग्रह उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गर्नुभएको छ ।

हिजो साँझ एमाले अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा डिनर मिटिङ भएको थियो ।

त्यसक्रममा अध्यक्ष ओलीले साथ दिन आग्रह गरे पनि अस्वीकार गरेको उपाध्यक्ष गौतमले प्रेस नोटमार्फत जानकारी गराउनुभएको छ ।

उपाध्यक्ष गौतमले फागुन २८ गते भएका अवैधानिक निर्णय फिर्ता लिएपछि मात्रै ओलीलाई साथ दिने जवाफ दिनुभएको छ ।

‘हिजो ९ गते कमरेड केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए ।’ प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत जारी भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४