Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीरगञ्जको नारायणी अस्पतालमा कोभिड–१९ को जटिल बिरामी मात्र राखिने !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ९ २०७८
  • 4.8K
    SHARES

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पतालले जटिल समस्या देखिएका बिरामीलाई मात्र अस्पतालमा राख्ने निर्णय गरेको छ ।

आइतबार नारायणी अस्पताल व्यवस्थापन समिति र जिल्लाका राजनीतिक दलका प्रतिनिधिको बैठकले आईसीयू र एचडीयू चाहिने बिरामीलाई मात्र अस्पतालमा उपचार गर्ने र अरु विरामीलाई सम्बन्धित स्थानीय तहको आइसोलेसन सेन्टरमा पठाउने निर्णय गरेको हो ।

अस्पतालले बढीमा ५० प्रतिशत बेडमा मात्र कोरोना संक्रमितको उपचार गर्न सकिने जनाएको छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति र सामग्री व्यवस्थापनका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत प्रदेश सरकार र केन्द्र सरकारमा पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अस्पतालले कोरोना संक्रमितको उपचारसँगै अस्पतालको सामान्य सेवालाई पनि निरन्तरता दिने भएको छ । प्रसुति, आईसीयू, सीसीयू, एनआईसीयू, डायलायसिस, इमर्जेन्सी, इमर्जेन्सी सर्जरी, शल्यक्रिया र बहिरंग सेवाहरुलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ । अब बहिरंग सेवाको टिकट भने बिहान ११ बजेसम्म मात्र दिने निर्णय गरेको अस्पताल विकास समिति अध्यक्ष पुरेन्द्रकिशोर लाभले जानकारी दिए ।

बैठकले पर्सामा रहेका निजी अस्पतालमा कोभिड–१९ संक्रमितहरुको उपचार तथा व्यवस्थापनमा बेड छुट्याउन पहल गर्ने निर्णय गरेको छ । छुट्टै कोभिड अस्पताल स्थापना तथा कोभिड संक्रमतिको लागि विशेषज्ञ सेवाका लागिसमेत अस्पताल तोक्ने निर्णय उक्त बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४