वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत ६१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा राति १ः १५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
उनको वैशाख ३ गते पीसीआर परिक्षणको रिर्पाेट ंपोजिटीभ आएको थियो । स्वास प्रस्वासमा समस्या आएपछि उनलाई वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको नारायणी अस्पतालको आईसीयू वार्डमा उपचार भई रहेकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।