Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेसर कुकर बम विस्फोट र आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २२ २०७५
  • 6.1K
    SHARES

नेपालगञ्ज- बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको जन न्युज नेपाल खबरलाई बताउनुभयो ।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।

यसैबीच, बाँकेको कोहलपुर नगरपालिका–१० स्थित रामनगरमा रहेको चर्चमा गएराति आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, गएराति करीब १ बजे आगलागी भएको हो ।

आगलागीबाट प्रार्थना गर्ने हलमा भएका कार्पेट, पंखा आदि जलेर नष्ट भएका छन् । घटनाको प्रकृति हेर्दा चर्चमा अज्ञात समूहले आगजनी गरेको हुनसक्ने आशंका प्रहरीले  गरेको छ ।

You May Like

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४