Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किन लुकाइयो प्रधानमन्त्री ओली र नेता नेपालबीच भएको छलफलको निर्णय ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला ३७ दिनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

यसअघि दुई नेताबीच चैत २ गते आमने सामने भएको थियो । चैत २ गते धुम्बाराहीमा समूहिक वार्ता भएको थियो। ओली र नेपालबीच बुधबार साँझ नक्सालस्थित होटल मेरिटमा भेटवार्त भएको हो ।

स्रोतका अनुसार नेपालका विश्वासपात्र बनेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट गराएका हुन् । दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको बताइएपनि छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

छलफलमा पहिले महासचिव विष्णु पौडेल ओलीसँगै गएको भए पनि उनी केही बेरमै निस्किएपछि ओली र नेपालबीच वान टु वाट बार्ता भएको थियो ।

छलफलपछि होटलबाट बाहिरिँदै गर्दा नेता नेपालले तत्काल केही नबोल्ने प्रतिक्रिया दिएपनि दुई नेताको हाउभाउले भने विवाद समाधान गर्ने दिशा उन्मुख भएको छ ।

दुवै नेता बैठकस्थलबाट प्रफुल्ल मुद्रामा बाहिरिएका थिए । त्यसैले पनि एमाले  नेताहरुले नै वार्ता सकारात्मक भएको अनुमान लगाएका छन् ।

ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै दुवै नेता हँसिलो देखिनु भएकोले वार्ता सकारात्मक भएको रुपमा बुझ्न सकिने बताए ।

ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच वार्ता भएको हो। महिना दिन लामो संवादहिनता पछि दुई नेताबीच वार्ता भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४