Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारमा सर्वदलीय बैठक : एमसीसी सम्झौता अघि बढाउन आग्रह, सहभागी कसले के बोले ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 7.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसीसी सम्झौता अघि बढाउन सबै दलहरूलाई आग्रह गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा उहाँले लामो समयदेखि संसदमा विचाराधिन रहेको एमसीसी सम्झौता पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा प्रधानमन्त्रीले एमसीसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरू त्यसमा सकारात्मक रहेको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेताहरूले आवश्यक परे कोरोना संक्रमण अति प्रभावित स्थानका विद्यालय बन्द गरेर, धेरै भीडभाड हुने कार्यक्रम बन्द गर्न सार्वजनिक अपिल गर्नुको साथै प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएकोे बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताउनुभयो । उहाँले एमसीसी अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उप–निर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताउनुभयो ।

नेता पौडेलले प्रधानमन्त्रीले राजनीतिक विषयमा राष्ट्रिय सहमति कायम गर्ने र कोभिड महामारीबाट जोगिनेबारे धारणा मागेको र आफुहरुले पदप्रति भन्दा पनि व्यवस्थाप्रति गम्भीर हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

बैठकपछि राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको बताउनुभयो । सभामुखले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न नदिएको भन्दै प्रधानमन्त्री ओलीले यसको निकासका लागि दलहरूसँग राय मागेको डा लोहनीले जानकारी दिनुभयो । संसदमा एमसिसी पेश गर्न खोज्दा सभामुखले नदिएको भन्दै प्रधानमन्त्रीले आक्रोश पोख्नुभएको थियो ।

बैठकमा माओवादी केन्द्र सहभागी नभएको सम्बन्धमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुदा पनि देश चाहीँ चल्छ ।’

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राप्रपाका नेता डा.लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४