Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसभित्र पारदर्शीरुपमा मूल्यांकन हुनुपर्ने सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १४ २०७५
  • 4.5K
    SHARES

नेत्र बहादुर कार्की बैशाख १४:

काठमाडौँ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कार्यकर्ताको पारदर्शीरुपमा मूल्यांकनको व्यवस्था गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समीक्षासम्बन्धी जारी बाह्रौँ दिनको केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले पार्टी विधानभित्र रहेर अधिकतम् समन्वय र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले काँग्रेस र तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)बीच पार्टी एकीकरणका बेला भएको प्रक्रियालाई चाँडो पूर्णता दिइयोस् भनी आग्रह गरे ।

नेता गच्छदार काँगे्रसलाई नयाँ ऊर्जा र एकताका साथ अघि बढाउन पार्टीभित्र र बाहिरका सबैलाई समेटी अपिल गर्नपर्ने सुझाव दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले   जन न्युज नेपाल खवर डट कम लाइ जानकारी दिए ।

गत चैत ९ गतेदेखि शुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठक चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो ।

बैठकमा आजसम्म ७६ जना केन्द्रीय सदस्यले निर्वाचनमा काँग्रेस पराजय र पार्टी सुदृढीकरण सम्बन्धमा आआफ्ना धारणा राखेका छन् ।

जम्मा ८१ सदस्यीय काँग्रेस केन्द्रीय कार्यसमितिमा एक विशेष आमन्त्रित र सात आमन्त्रित सदस्य छन् । यस बैठकमा झण्डै दुई दर्जन केन्द्रीय सदस्यले पार्टी पराजयका कारण औँल्याउन र भावी रणनीतिका सम्बन्धमा लिखित धारणा तथा प्रस्ताव नै पेश

भएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा बोल्नुहुने अधिकांश केन्द्रीय सदस्यले तत्काल महासमिति बैठक बोलाइ विधान संशोधन र संविधानअनुसार स्थानीय तहसम्म पार्टीका संरचना बनाउन सुझाव दिएका छन् ।

त्यस्तै निर्वाचनमा पराजयका सम्बन्धमा पार्टी नेतृत्वको कार्यशैलीलाई आरोप लगाउने र बचाउ गर्नेमा अधिकांश केन्द्रीय सदस्य विभाजित देखिएका छन् ।

काँग्रेसमा हाल मुख्यरुपमा दुई गुट सक्रिय छन् । सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यले पार्टी सामूहिक अभ्यासमा भएकाले जस र अपजसको भागीदारी सामूहिकरुपमा सबै हुनुपर्ने तर्क गरेका छन् ।

वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्यले भने सभापति देउवाको कार्यशैलीका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको आरोप लगाएको बताइएको छ ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ नराम्रो हार व्यहोरेको थियो । निर्वाचनको उक्त परिणामका कारण काँग्रेस संघीय संसद्मा मात्र होइन सातै प्रदेशमा प्रतिपक्षको भूमिकामा पुगेको छ ।

भोलि बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले पार्टीको आधिकारिक धारणासहितको लिखित प्रतिवेदन प्रस्तुत गर्नुहुने प्रवक्ता शर्माले बताए । त्यसपछि सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नको जवाफ दिइ भोलि नै बैठक सम्पन्न हुने बताइएको छ ।

नेपालको संविधानले व्यवस्था गरेको राज्यको पुनःसंरचनाअनुसार पार्टीको संरचना बनाउन, मधेशी जनाधिकार लोकतान्त्रिक (लोकतान्त्रिक)का नेता कार्यकर्तालाई पार्टीमा समायोजन गर्नेलगायतका कारण काँग्रेसलाई पार्टीको विधान संशोधन गर्नुपर्ने बाध्यता छ ।

यस बैठकले पार्टीको महासमिति बैठक, विधान संशोधन, जिल्ला सभापतिको भेला, निर्वाचनपछिको प्रतिपक्षीको अवस्थामा पार्टीको रणनीतिलगायत विषयमा आवश्यक निर्णय गर्नेछ

प्रवक्ता शर्माले निर्वाचन समीक्षा बैठक शुरु हुदा निराशा र विरोधबाट शुरु भएको भए पनि बैठक सम्पन्न हुँदै गर्दा नेता कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपिने दाबी गरे ।

केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ ।

समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । अर्को बैठक शनिबार बिहान ९ः०० बजे पुनःबस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  जन न्युज नेपाल खवर डट कम जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४