Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्र पौडेलका भाईको निधनप्रति सभापति देउवाद्वारा गहिरो दुख: व्यक्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 10.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका माइला भाई एवं नेपाली कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधन प्रति सभापति शेररवहादुर देउवाले दुख व्यक्त गर्नु भएको छ ।

गोविन्द राज पौडेलको सोमबार चितवनको रत्ननगरमा ७५ वर्षको उमेरमा आज निधन भएको थियो । स्वर्गीय पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ- “मेरा मित्र रामचन्द्र पौडेलजीका भाइ चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुःखीत भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोकाकुल परिवारमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्तगर्दछु ।”

यसैबीच सोमबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ बैशाख ५ गते आईतबार दिउसो २ बजे सम्मका लागि सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४